Breaking News

Radio Star

लामो समयदेखि चर्चामा रहेको मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपालाइनले पूर्णता पाएसँगै मंगलबारबाट पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारबाट आयत हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलिय पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा  ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ। गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपैयाँ खर्चिएको छ।  मंगलबार दिउसो रिमोर्टबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै निरन्तर पाइपलाईनबाट डिजेल आउन थालेको छ। ओलीले सिंहदरबारबाट र मोदीले हैदरवाद हाउसबाट स्विच अन गरेपछि आयल निगमको अमलेखगञ्‍ज डिपोमो डिजेल झरेको हो।पाइपलाइनबाट डिजेल आउन सुरु गरेसँगै यसको असर उपभोक्ताको मूल्यमा समेत देखिएको छ। नेपाल आयल निगमले मंगलबार देखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ  मूल्य घटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उद‍घाटन कार्यक्रममा लागतमा कमी आउँदा उपभोक्ताले सस्तो दरमा पेट्रोलियम पर्दाथ पाउने बताए।  नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइपलाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत बचत हुनेछ। जसस्वरूप पेट्रोल डिजेल  र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको हो। ‘पेट्रोलियम पर्दाथको आपूर्ति लागत नै कम भएपछि उपभोक्तलाई पनि राहत होस् भनेर हामीले मूल्य घटाएका हौँ’ नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले भने।  मूल्य घटेसँगै काठमाडौंको नयाँ खुद्रा मुल्य पेट्रोल प्रति लिटर १०७ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९५ रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १३:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook