Breaking News

Radio Star

विराटनगर, २४ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन आज ‘लक्ष्मीपूजा’ मञ्चन भएको छ ।
विराटनगरको सेन्ट जोसेफ स्कुलले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’को कथा ‘लक्ष्मीपूजा’मा आधारित नाटक मञ्चन गरेको हो । कक्षा १० को पाठ्यक्रममा रहेको सो कथालाई नाट्य रुपान्तरण र निर्देशन आरोहण गुरुकुल विराटनगरका विद्यार्थी भरत कार्कीले गरेका हुन् ।
“विद्यालयमा ड्रामा प्रशिक्षक नभएकाले आयोजक संस्थाको तर्फबाट मैले नाटक तयार गर्ने अवसर जुट्यो”, निर्देशक कार्कीले भने, “वर्तमान विकृत समाजको प्रतिबिम्ब यस कथामा पाएकाले मञ्चनका लागि यही कथा रोजें” । मञ्चित नाटकले वर्गीय असमानताको मुद्दा उठाएको छ । वर्ग विभेदको खुल्लास्वरुप हराउँदै गए पनि चाडपर्वमा गरिने तडकभडकले आर्थिक रुपमा विपन्न बालबालिकामा कस्तो असर पर्छ भन्ने कुरा नाटकमार्फत देखाइएको थियो । नाटकमा सेन्ट जोसेफ स्कुलका कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका थिए । नाटक मञ्चन भइसकेपछि विद्यार्थी कलाकार, निर्देशक भरत कार्की र विद्यालयका संयोजक रोहितजंग थपलियालाई आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अग्रज पत्रकार शंकर खरेलले खादा लगाएर मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । महोत्सवअन्तर्गत बुधबार सप्तकोशी बो.स्कुलले “छाउपडी” मञ्चन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा भदौ २० गतेबाट सुरु महोत्सवमा दैनिक ४ बजेदेखि नाटक मञ्चन हुँदै आएको छ । नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार २०:३५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook