Breaking News

Radio Star

विराटनगर, २७ भदौ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शुक्रबार ‘प्रधानमन्त्री’ मञ्चन भएको छ ।
लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुल विराटनगरले महोत्सवको आठांै दिनमा स्कुलका अध्यक्ष चिरञ्जिवी तिम्सिनाद्वारा निर्देशित नाटक मञ्चन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भएको नाटकमा स्कुलका ४६ जना विद्यार्थीले अभिनय गरेका थिए । नाटकमा प्रभावशाली प्रधानमन्त्रीमार्फत सकारात्मकतालाई देखाइएको थियो । प्रभावशाली प्रधानमन्त्रीको परिकल्पना गरी उसले समृद्ध देश बनाएका विभिन्न कार्यहरूलाई नाटकमा रोचक ढंगले देखाइएको थियो ।
नाटक मञ्चनपछि विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, ट्रेड युनियन कांग्रेसका प्रदेश १ संयोजक नारायणबाबु कार्कीलगायतले निर्देशक तिम्सिनालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी महोत्सवअन्तर्गत शनिबार श्रीश्री रविशंकर विद्या मन्दिरले ‘चण्डालिका (एक अनन्त प्रेम कहानी)’ मञ्चन हुनेछ । भदौ २० गतेदेखि सुरु भएको महोत्सव भदौ २९ गते आइतबार समापन हुने आरोहणका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १९:४७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook