Breaking News

Radio Star

वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ । आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छाेइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् । दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्याे । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र  बिदा दिइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १०:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook