Breaking News

Radio Star

विराटनगर, २८ भदौ । डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ ।
पछिल्लो समय विद्यार्थीहरूमा डेंगुको संक्रमण भेटिएसँगै महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै डंगु नियन्त्रण अभियान सुरु गरे । यसभन्दा अगाडि बस्तीहरूमा मात्र फगिङ गरिएको थियो ।
लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटकपटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान सुरु गरेको छ । यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिबारमात्रै वडा नम्बर ७ र वडा नम्बर १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयहरूमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमशः सञ्चालन गरिनेछ ।
केही महिनाअघि देखिएको डेंगुबाट संक्रमित बिरामीको संख्या विराटनगरमा समेत बढेको छ । महानगरले प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन गरिरहेको छ । विद्यालय, क्याम्पस तथा समुदायमा डेंगुबारे चेतनामूलक अभियानसमेत सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने अभियान चलाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १९:४२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook