Breaking News

Radio Star

विराटनगर, २९ भदौ । आरोहण–गुरुकुलको आयोजनामा भदौ २० गतेदेखि सुरु विराटनगर विद्यालय नाटक महोत्सव आइतबार सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको प्रवद्र्धन, सांग्रिला बुक्स र वाईवाई चाउचाउको सहयोगमा आरोहण गुरुकुल विराटनगरले महोत्सव आयोजना गरिएको हो । आरोहणको ‘म–नैतिक’नाटक मञ्चनसँगै सुरु भएको महोत्सवमा रंगेली नगरपालिका ३ को रञ्जनी एकेडेमी इङलिस टिचिङ स्कुलको ‘परिवेश’ मञ्चन गरी महोत्सवको विधिवत् रुपमा समापन गरिएको हो । नाटकको निर्देशन युवाकवि रमेशचन्द्र अधिकारीले गरेका हुन् ।
१० दिनसम्म चलेको नाटक महोत्सवमा विभिन्न ९ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गरेका थिए । नाटकप्रति विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आरोहणका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । क्षेत्रीले विद्यार्थी र विद्यालयबाट भविष्यमा नाट्य गतिविधिले तिव्रता पाउँछ भन्ने विश्वासका साथ महोत्सव आयोजना गरिएको प्रस्ट पारे ।
समापन समारोहमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नाटक महोत्सवले विद्यार्थीहरुलाई कला क्षेत्रमा लाग्न प्रोत्साहित गर्ने बताए । मेयर पराजुली, उपमेयर इन्दिरा कार्की, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नाटकका निर्देशक रमेशचन्द्र अधिकारी र कलाकारहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरेका थिए । महोत्सवमा ९ विद्यालयका १ सय ५० भन्दा बढी विद्यार्थीले अभिनय गरेको कार्यक्रम संयोजक अशोक गौतमले जानकारी दिए । महोत्सवको भदौ २० गते विशेष समारोहका बीच प्रदेश–१ प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार २०:३६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook