Breaking News

Radio Star

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यस वर्ष नेपालमा ५ हजार ९५ जनालाई डेंगु संक्रमण देखिएको बताएका छन्। आजको संसदमा सार्वजनिक महत्वको विषयमा आफ्नो भनाई राख्दै उक्त जानकारी दिएका हुन्। सदनमा मन्त्री यादवले भने, ‘२०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको छ। साउन १ देखि भदौ २३ सम्मको उपलब्ध जानकारी अनुसार हालसम्म विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको छ भने ५ हजार ९५ जनामा डेंगु संक्रमण देखिएको छ।’ यद्यपि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था भने नभएको उनले बताए। नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकोले पनि आपत्कालीन अवस्था नरहेको उनको दाबी थियो। उनले डेंगु नियन्त्रणमा किट त्यति प्रभावकारी नभएको बताए। मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिसजस्ता रोगसमेत नियन्त्रणमा ल्याएको उल्लेख गर्दै डेंगुका लागि निर्दिष्ट औषधि नबनिसकेको उल्लेख गरे। यसैले यसका लागि लामखुट्टे नियन्त्रण नै मुख्य उपचार भएकोले सबैलाई सचेत बनाउन सरकार लागेको बताए।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १६:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook