Breaking News

Radio Star

विराटनगर, २ असोज । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अमिस दंगाल प्रथम भएका छन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच गराइएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै दंगाल प्रथम भएका हुन् । त्यस्तै प्रतियोगितामा आदर्श घतानी द्वितीय, इशा दाहाल तृतीय, विजेता लम्साल र नेहा साह सान्त्वना भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक डा. राजन दत्तको निर्णायक समितिले विजेताहरूको नामावली घोषणा गरेको थियो । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पसका सञ्चालक भेषराज पोखरेलले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीमा साहित्य सिर्जनाप्रति अभिरुची जगाउन र सकारात्मक काममा अघि बढ्न हौसला मिल्ने प्रमुख निर्णायक नवोदितको भनाइ थियो ।
नवोदितले साहित्य सिर्जना पाठकपिच्छे फरक बुझाइ हुने भएकाले यही नै सिर्जना उत्कृष्ट हो भन्न नसकिने बताए । कार्यक्रममा क्याम्पसका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, निर्देशकहरू नन्दकिशोर अग्रवाल, प्रदीप भगत, मनोज गुप्ता, प्रिन्सिपल लक्ष्मण ढकाल, कोअडिनेटर गणेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । बिहीबार नै चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ । यसअघि कजेलले वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न गरिसकेको प्रिन्सिपल ढकालले जानकारी गराए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार २०:०८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook