Breaking News

Radio Star

विराटनगर । स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को पहिलो अडिसनमा २१ जनाले भाग लिएका छन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा विराटनगरमा शनिबार भएको पहिलो अडिसनबाट सो संख्यामा प्रतियोगिहरूको सहभागि भएको हो । प्रतियोगिताको दोस्रो अडिसन असोज १८ गते हुने भएको छ । पहिलो र दोस्रो अडिसनबाट उत्कृष्ट २५ जना किशोरी र १० जना किशोर फाइनलको लागि छनौट गरिने निर्देशक सुशिल घिमिरेले जानकारी दिए । मिस एस.ई ई मोरङ २०१९ को पुर्ण सफलता पछि स्कूल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गरेको हो । ‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएको म्यानेजिङ्ग डाइरेक्टर अर्जुन श्रेष्ठले बताए । अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरू स्कूल विदा रहेको खाली समयमा दशैं र दिपावली बीचमा बन्द प्रशिक्षण हुनेछ । प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १८:५३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook