Breaking News

Radio Star

हास्यप्रधान चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले रिलिजको दुई दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोड ४७ लाख कमाएको यो फिल्मले शनिवार झनै उत्साहित व्यापार ग¥यो । दशैँ नजिकिँदै गर्दा रिलिज भएको यो फिल्मले बक्स अफिसमा दर्शक तान्न सफल भएको छ । लामो समयपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड लागेको हो । वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा अन्य फिल्मले कमाएको पुरानो रेकर्ड तोड्न सफल भएको छ । यो फिल्मले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । फिल्मको क्रेजका कारण मल्टिप्लेक्स हलमा फिल्मको हिजै शो थपिएको थियो । आइतबार पनि फिल्मले उस्तै व्यापार गर्ने अनुमान गरिएको छ । यता फिल्म निर्माण टिमले चलचित्रलाई माया गरिदिएको भन्दै दर्शकलाई धन्यवाद दिएका छन् । समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यस्तै चलचत्रिमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि फिल्मका दुई सिक्वेल सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आईतवार ०६:४१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook