Breaking News

Radio Star

विराटनगर, १५ असोज ।
विराटनगर–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाको १४ औं साधारणसभा बुधबार सम्पन्न भएको छ ।
साधारणसभाको एक समारोहका बीच साहित्यकार विजय कट्टेल ‘छहरा’ले उद्घाटन गर्नुभएको थियो । नेपालमै सबैभन्दा उत्कृष्ट खानेपानी उपलब्ध गराउँदै आएको आयोजनाका ३६ हजारलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष रामबहादुर घिमिरेले जानकारी दिए । सडक विस्तारका कारण खानेपानी वितरणमा केही समस्या भए पनि उपभोक्ताको चाहनाअनुसार संस्थाले सेवा प्रवाह गरिरहेको अध्यक्ष घिमिरेको भनाइ थियो । साधारणसभामा उहाँले १० करोड ८४ लाख ६८ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्ययसमेत प्रस्तुत गरे । आयोजनाले विराटनगरका ४ वटा वडा र बूढीगंगा गाउँपालिकाको एउटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
आयोजनासँग हाल ४ लाख ५० हजार र २ हजार २५ हजार लिटर क्षमताका दुईवटा ट्यांकी रहेको संस्थाकी उपाध्यक्ष देवी बास्तोलाले जानकारी दिए । कार्यक्रममा सचिव लीलाराज काफ्लेले पछिल्लो समय संस्थामा राजनीति घुसेको बताए । उनले संस्थाको गरिमालाई बचाउन राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार विजय कट्टेल ‘छहरा’, संस्थाका सल्लाहकार तोया घिमिरे, समाजसेवी गोपाल कटुवाल, किशोर भट्टराईलगायतले आयोजनाले शुद्धता र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । संस्थामा १ सय ८५ जना साधारण सदस्य छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार १९:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook