Breaking News

Radio Star

विराटनगर,१६ असोज : पोखरीया राधाकृष्ण पंञ्चायन मन्दिर , राधाकृष्ण भजन मण्डली र युवा समुहले आयोजना गरेको सामुहिक जमरा राख्ने कार्यक्रमको नयाँ कर्ता कृष्ण कार्कीले पुजा अर्चना शुरु गरेका छन ।  पोखरीयाको ठुलो मिल नजिकै रहेको दुर्गाको मन्दिरमा घटस्थापनाको दिन समुहिक पुर्जा अर्चाना गरेर नयाँ कर्ताको काम शुरु गरेका हुन । विराटनगर महानगरका प्रमुख भिम पराजुलीले विगतका वर्षहरुमा समुहिक जमरा राख्ने कार्यक्रमको कर्ताको भुमिका निर्वाह गरेका थिए । सो कार्यक्रम पुस्तान्त्रण भएको छ । युवा समुहले कार्कीलाई जिम्मेवारी पुस्तान्त्रण गरेको हो । कार्की नेपालि विद्यार्थी संघका पुर्व सह–महामन्त्री हुन । उनि काग्रेका युवा तथा जुझारु नेताकारुपमा परिचित छन ।  एक सय परिवारले जमरा राखेको सो मन्दिरमा बैदिक सनातन धर्मावलबीहरुको धार्मीक विस्वासलाई कायम राख्न सो कार्यक्रम थालिएको कर्ता कार्कीको भनाई छ उनले थपे,‘ नेपाली जनतालाई सुख शान्ति र अमन चयन प्राप्त होस भनेर भगवानको आरधाना गरिरहेको छु ,‘ । राजनितीक, धार्मीक र साँस्कृतीक काममा सक्रीय कार्की समाज सेवी समेत हुन । उनले आफ्नो विद्यार्थी कालमा विपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति समेत व्यवस्था मिलाई दिएका थिए । उर्लाकारीका विपीन अधिकारी भन्छन,‘ कार्कीले मेरो परीक्षा फर्म नभरिदिएको भए म पढनै पाउने थिईन । अधिकारी स्वाथ्य मन्त्रालयका कर्मचारी हुन । उनले धेरैलाई जागिर समेत लगाई दिएका छन । विद्यार्थी नेता सेन्ट्रो महत भन्छन,‘ मेरो गुरु त उहाँ नै हो म अहिले जे छु उहाँकै देन हो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार ११:३१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook