Breaking News

Radio Star

विराटनगर, १७ असोज ।
वरिष्ठ गायक सीताराम पोखरेलले आफ्नो जन्मदिनमा मन्दिरमा लड्डु चडाएनन् । अनि सेल्फी खिचेर तस्बिर पनि पोष्ट गरेनन् फेसबुकमा । उनले फरक र नयाँ शैलीमा मनाए आफ्नो जन्मदिन ।
पोखरेलले जन्मदिन विराटनगर–१६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाहरूसँग मनाए । मुसहर बस्तीका ज्येष्ठ सदस्य बालदेव ऋषिदेवलाई प्रमुख अतिथिको आसनमा राखियो । वडाध्यक्ष मनोजकुमार सब्बाले अध्यक्षता गरे । पत्रकार, भाइ र छोरासहित बस्तीमा पुगेका उनले प्रारम्भमा मुसहर बस्तीमा जन्मदिन मनाउनुको उद्देश्य प्रट्याए । उनले भने, ‘यो त्यति ठूलो काम होइन । कलाकारिताबाहेक समाजसेवाका काम पनि गायक कलाकारहरूले गर्नुपर्छ । ताकि हरेक कलाकारले आफ्नो जन्मदिन वा पितृको स्मरण विपन्न र पछाडि परेका बस्तीमा गरेर मनाउँदा उनीहरूमा केही राहत महसुस हुन्छ ।”
त्यसपछि उनको ‘अल्कोहलिक लभ’ गीति एल्बम विमोचन गरियो । प्रमुख अतिथि ऋषिदेव, वडाध्यक्ष सुब्बा, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियन मोरङका निवर्तमान अध्यक्ष मीनकुमार नवोदित, वरिष्ठ गायक रामा मण्डललगायतले एल्बमको संयुक्त रुपमा विमोचन गरे । एल्बममा ६ वटा गीत छन् । त्यसपछि गायक पोखरेलले केक काटे । केक प्रमुख अतिथिसहित बालबालिकाहरूलाई पालैपालो बाँडे । साथैमा लगेको स्टेशनरी सामग्री, विस्कुट, चकलेट पनि हस्तान्तरण गरे ।
दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्र्दै आएका करिब ४६ घरपरिवारको आफ्नै जग्गा छैन । स्थानीय एक विद्यालयको जग्गामा फुसको घर बनाएर बसेका छन् । लायन्स क्लब अफ पाथिभराले निर्माण गरेको एककोठे भवनमा राखेर शिक्षासेवी राजु क्षेत्रीले बालबालिकालाई पढाउँदै आएका छन् । क्षेत्री र कलाकार पारस थापाले विगत डेढ वर्षदेखि निःशुल्क रुपमा बालबालिकालाई पढाउँदै आएका छन् । शारीरिक रुपमा अशक्त भए पनि क्षेत्री नियमित बालबालिकालाई पढाउन पुग्छन् । बस्तीका ६० जना बालबालिकालाई स्टेशनरी, विस्कुट, चकलेट, केकलगायत वितरण गरेको गायक पोखरेलले बताए । उनले यसअघि भवनमा विद्युतको वाइरिङका लागि सहयोग गरेका थिए । पोखरेलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार १९:४७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook