Breaking News

Radio Star

मुक्का प्रहारबाट छिमेकीको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज नियन्त्रणमा लिएको छ । छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको मुक्का प्रहारका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले मुक्का प्रहार गरी घाइते बनाएको बताइएको छ । आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई मुक्का प्रहार गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै ज्यान गएको थाहा भएको छ । श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ । बलबहादुरमाथि बुधबार मुक्का प्रहार भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई शुक्रबार नियन्त्रणमा लिपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १७:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook