Breaking News

Radio Star

प्रदेश एक सरकारले पहिलोपटक राजधानी विराटनगरबाहिर रंगेलीस्थित संसारीमाइस्थान मन्दिरमा फुलपाती भित्राएको छ।
बडा दशैको सातौं दिन शनिबार राजधानी विराटनगरबाट करिब २५ किलोमिटरको दुरीमा रहेको रंगेली नगरपालिकामा प्रदेश सरकारको आयोजनामा फुलपाती भित्राइएकोे हो। सो क्रममा क्रममा प्रदेश एकका प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहांगले विजयादशमीको शुभकामना ब्यक्त गरेका थिए। विहान साढे नौ बजे रंगेलीस्थित सन्सारीमाइस्थान मन्दिरबाट फुलपाती बाजागाजासहित स्थानीय कालीमन्दिरमा पुराइएको थियो। काली मन्दिरमा पुजा गरि फुलपाती पुनः संन्सारीमाइस्थान मन्दिरमा भित्राइएको थियो। रंगेली मोरंगको पुरानो र ऐतिहासिक पूर्वसदरमुकाम भएको र विराटनगरसंग भावनात्मक सम्बन्ध जोडिएकोले फुलपाती बढाई गरिएको प्रदेश एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।
सोही क्रममा फुलपाती बढाईको समन्वय गरेको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले प्रदेश सरकारले फुलपाती बढाईको कार्यक्रम राखेर थप रंगेलीको उचाइ बढाएको बताए। फुलपाती भित्राउने क्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईसंगै आर्थिक मन्त्री इन्द्र आंग्बो, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, कृषी वन उद्योग तथा पर्यटन मन्त्री जगदीश कुसियत अनुपस्थित थिए।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १८:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook