Breaking News

Radio Star

उदयपुर, कटारी नगरपालिका–२ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका–९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको बलेरो जीप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमो जिपमाथि खस्दा बलेरो जिप चालक नेचा सल्यान गाउँपालिका–२ बस्ने २१ वर्षीय  लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना–१ ज ५३४२ नम्बरको टाटा सुमो जिपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार ०७:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook