Breaking News

Radio Star

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । टी २० क्रिकेटमा नेदरल्याण्डविरुद्ध पहिलो जित निकाल्ने क्रममा नेपालले चार विकेटको जित दर्ता गराएको हो । १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ रनमा आउट भएपछि नेपालले २५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनीमात्र दुई रनमा पेभेलियन फर्किएपनि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलपनि धेरैबेर टिक्न सकेनन् । नेपालको स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । जसका कारण नेपालले ९३ रनमा पाँचौ विकेट गुमायो ।

मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसकेको खेलमा नेपालले एक सय ६ रन हुदाँ छैटौ विकेट खेर फाल्यो । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए । अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे । ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान ४–४ विकेट लिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार १६:५०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook