Breaking News

Radio Star

कटवाल दिपक
महोदय
तपाई बोल्न खोज्दै हुनुहुन्छ ?
अह नबोल्नुस्
अचेल अधिनायकवादको सरकार छ यँहा ।
तपाईंलाई थाहा छैन ?
बोल्न लोकतन्त्रमा अचेल निशेध गरिएको छ ।
बोल्नेहरुको जिब्रो काटिन्छ याहा
त्यसैले महोदय
भो नबोल्नुस ।।

पत्रकार महोदय
भ्रस्टाचारिका बारेमा लेख्न खोज्दैहुनुहुन्छ ?
अह नलेख्नुस
अचेल भ्रष्टाचार सरकार आफैले गर्ने गरेको छ ।
तपाइलाइ थाहा छैन ?
लेख्नेहरुको अचेल हात काटिन्छ यहाँ
त्यसैले महोदय
भो नलेख्नुस ।।

लेखक महोदय
बलात्कारिको बारेमा लेख्न खोज्दैहुनुहुन्छ ?
अह नलेख्नुस
बलात्कार सरकार आफैले गर्ने गरेको छ ।
तपाइलाइ थाहा छैन ? ।।
अचेल सत्य लेख्नेहरुलाइ
जेलमा कोचिन्छ याहा
त्यसैले महोदय
भो नलेख्नुस ।।

व्यापारी महोदय
करको बिरोधमा सरकारको आलोचना गर्न खोज्दै हुनुहुन्छ ?
अह नगर्नुस
भ्रस्टाचारको व्यापार सरकार आफैले गर्ने गरेको छ
तपाइलाइ थाहा छैन ??
धनी अचेल पार्टिका कार्यकर्ता मात्र भएका छ्न यहाँ।
अचेल बिरोध गर्नेहरुलाइ सरकारले
गोलि हान्ने गरेको छ यहाँ
त्यसैले महोदय
भो नबोल्नुस ।।

युवा महोदय
रोजगारिकालागी आन्दोलन गर्न खोज्दै हुनुहुन्छ ?
अह नगर्नुस
अचेल अधिनायकवादको सरकार छ यहाँ
लोकतन्त्रमा आन्दोलन गर्नेहरुको
खुट्टा भाँचिन्छ यहाँ
त्यसैले महोदय
बुवाले गरिदिएको अन्शबन्डाको
कर तिर्न नसकेर
यति बेला म
झोलामा राहधानी बोकेर
चुपचाप राजधानी छिरेको छु ।।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १८:५३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook