Breaking News

Radio Star

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने भएका छन्। नेकपाको सचिवालय बैठक र कांग्रेसको पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लागउने भएका हुन्। नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने कांग्रेस पदाधिकारी बैठक दउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ। यसअघि उम्मेदवारको टुंगो लगाउन शनिबार बसेको नेकपा सचिवालयको बैठक विना निष्कर्ष टुंगो थियो। बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समय अभावका कारण शनिबार उम्मेदवारको चयन हुन नसकेको र आइतबार बस्ने बैठकले उम्मेदवार छनोट गर्ने बताएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार ०७:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook