


विराटनगर १७ आइतवार । विराटनगर महानगरका मेयर भीम पराजुलीले सदाका बर्षहरुझै यसपटक पनि छठको प्रसाद वितरण कार्यक्रम गरेका छन् । १६ औ पटक दण्डप्रणाम गर्दे सिगाइ घाट पुगेर छैठको कठोर ब्रत बसेका उनले प्रत्येक बर्ष प्रसाद ख्वाउने कार्यक्रम राख्दै आएका छन् । आइतवार पोखरिया स्थित आफ्नै निवासमा आयोजित प्रसाद वितरण कार्यक्रममा शुभेच्छुक तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । प्रसाद ग्रहण गर्न प्रदेश नं. १ प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङ्ग ,सभामुख प्रदिप भण्डारी,उपसभामुख सरस्वती पोखरेल,सामाजिक बिकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका बरिष्ठ नेता बिजयकुमार गच्छदार , प्रदेशसभा सदस्यहरु जयराम यादव,बिन्दिया कार्की, सुयर्मा राई ,शान्ता पौडेल,शाबित्रा रेग्मी,यसोधा अधिकारी,विराटनगर महानगर उपमेयर इन्दिरा कार्की , सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल ,लक्ष्मिनाराण मन्दिर पान्चालीका पिठाधिस अच्युत स्वामी ,कांग्रेस मोरङका सचिव नागेश कोइराला, मोदराज घिमिरे ,मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल , जिल्ला प्रहरी प्रमुख बिश्वराज अधिकारी ,पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष बिक्रम लुइटेल ,उद्योगी मोती दुगड ,महेश जाजु,पवन सारडा ,मुकेश उपाध्याय,नन्दु राठी,नविन रिजाल,शुरेन्द्र गोल्छा ,पारस लुनिय लगायत महानगरका शुभेच्छुक तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । आपसी मित्रता सहित समाजलाई जोड्न आफुले यस खाले कार्य गर्दे आएको मेयर पराजुलीले बताएका छन् ।
प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १७:१९
