Breaking News

Radio Star

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित सुनकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । नेपालथोकमा सोमबार (आज) एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन । सनाखत भएकामा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । सनाखत भएकामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ की ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।

यस्तै सैलुङ गाउँपालिका–३ की ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ की ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ की ३८ वर्षीया सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीकी ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए । “नदीले बगाएको हुन सक्ने भएकाले यात्रुको खोजी जारी छ”, उनले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १६:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook