Breaking News

Radio Star

सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सात वटै प्रदेशका लागि नियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नियुक्तका लागि सिफारिस गरेका प्रदेश प्रमुखहरुले मंगलबार शपथ लिएका हुन् । नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश १ का लागि सोमनाथ अधिकारी, प्रदेश नम्बर २ का लागि तिलक परियार, प्रदेश नम्बर ३ का लागि विष्णु प्रसाईँ, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश ५ का लागि धर्मनाथ यादव, कर्णाली प्रदेशका लागि गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशका लागि शर्मिलाकुमारी पन्त (त्रिपाठी) छन् । शपथ ग्रहण गरेसँगै नवनियुक्त प्रदेश प्रमुखहरुले आ–आफ्नो कार्यक्षेत्रमा गएर कार्य सञ्चालन गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार १२:२६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook