Breaking News

Radio Star

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गरेका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो । ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने स्पष्ट पारेको हो । महाअभियोका लागि छानविन गरिरहेको न्यायिक समितिले ट्रम्प र उनका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिइसकेको छ । ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन महतदान गर्न सकिने अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उनका छोरामाथी छानविन गर्न दवाव दिएको आरोप लागेको छ । विडेनमाथि छानविन नगरे युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने ट्रम्पले चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो । तर उक्त आरोपको ट्रम्पले खण्डन गर्दै आएका छन् । अमेरिकामा राजनीतिक लाभका लागि विदेशी सहायता लिनु गैरकानुनी मानिन्छ ।(एजेन्सी)

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०९:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook