Breaking News

Radio Star

विराटनगर, २१ मंसिर । मोरङको झोराहाट नाटकघरमा मञ्चन भइरहेको मालिनी नाटक हेर्न दर्शकको चाप बढ्दै गएको छ ।
साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । नाटकको हालसम्म १६ वटा शो सम्पन्न भइसकेको छ । युवाकलाकार सुदीपजंग कार्कीले निर्देशन गरेको नाटकको मुख्य भूमिकामा भरत गुरागाईं देखिन्छन् । गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन् । गुरागाईंसहित अनु श्रेष्ठ, निराशा ढुंगेल, प्रज्वल काफ्ले, सुरज माझी, प्रदीप सरदार, दीक्षा चौधरी, शिवलाल सरकार, अजय सुवेदी, विजय थारु, दीपक निरौला, विवेक मिश्र, चन्दन माझी प्रवेश तिम्सिना र नुना कट्टेलले अभिनय गरेका छन् । समाजसेवी भक्तकिरण राईसँगको सहकार्यमा निर्माण भएको मालिनी हेर्न विशेष गरी विद्यालय र कलेजका विद्यार्थीहरुको भीड लाग्ने गरेको छ ।
यसअघि पनि झोराहाटमा विभिन्न नाटक मञ्चन भइसकेका छन् । नाटक मञ्चनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०९:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook