Breaking News

Radio Star

प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । अग्नि सापकोटा संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखको उम्मेदवारी दर्ताका लागि पुग्दा पर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीमगर पनि पुगेका थिए । नेकपा सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण पनि थिए । उम्मेदारी दर्ताका बखत नेम्वाङ सापकोटाको सभामुख प्रस्तावक बने । ओनसरी, देव गुरुङ र लक्ष्मणलाल कर्ण समर्थक बने । नेम्वाङ सभामुखका मुख्य दाबेदार भएपनि अन्तमा सापकोटाले बाजी मारेका थिए । देव गुरुङ पनि सभामुखका दाबेदार थिए । तर, सबैजना उनको समर्थनमा देखिए । सबैभन्दा रोचक राष्ट्रिय जनता पार्टी सापकोटाको समर्थक बन्यो । कर्ण सापकोटाको समर्थक बन्नुलाई अर्थपूर्ण मानिएको छ । राजपा पछिल्लो समयमा सरकारमा जाने चर्चा चलिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच प्रदेश २ मा गठबन्धन बनेको । सापकोटाले उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय आयो । काँग्रेसले उपसभामुखमा सहमति गरेको चर्चा चलिरहेको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुख काँग्रेसले पाउने भित्री सहमतिको खुलासा गरेका छन् ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook