Breaking News

Radio Star

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै वर्ष नेपाल भ्रमणमा आउने भएका छन् । आज विराटनगरमा निर्माण भएको नेपाल भारत संयुक्त चेकपोष्ट उद्घाटमा भिडियो कन्फरेन्समार्फत् बोल्दै उनले यसै वर्ष नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।‘म यसै वर्ष नेपाल आउने कार्यक्रम बनाउँदैछु,’ मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निमन्त्रणा दिएपछि जवाफमा भने, ‘मलाई नेपालको मायाले खिच्दै ल्याइरहेको छ ।’ उनले नेपालीहरुलाई भेट्न आफू आतुर रहेको समेत बताए । मोदी पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गरिसकेका छन् । उनी दोस्रो कार्यकालमा नेपाल आएका छैनन् । नेपाल भारत सम्बन्धको चर्चा गर्दै उनले दुई देशलाई अनेकौं धागोले जोडेको बताए । छिमेक प्रथमको नीति अनुसार भारत अगाडि बढेको र नेपालको विकास र प्रगतिमा साझेदार बनेर अगाडि बढ्न चाहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरे । उनले ओली आफ्नो असल मित्र भएको भन्दै प्रगतिको चाहना राखेको बताए । मोदीले अन्नपूर्ण क्षेत्रमा हिमपहिरोले मानिसहरु हराईरहेकोमा दुःख व्यक्त गर्दै उनीहरु सकुशल फेला परुन् भनी कामना समेत गरे ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:१७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook