Breaking News

Radio Star

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् । आज भिडियो कन्फरेन्समार्फत् दुवै प्रधानमन्त्रीले बटन दबाएर चेकपोष्ट उद्घाटन गरेका हुन् । नेपाली समय अनुसार सवा ११ बजे संयुक्त चेकपोष्टआइसीपीको संयुक्त उद्घाटन हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै आइसीपीको संयुक्त उद्घाटन हुने जानकारी ट्वीटमार्फत् गरेका हुन् । यो नेपाल भारतबीच दोस्रो संयुक्त चेकपोष्ट हो । यसअघि वीरगञ्ज रक्सौलमा आइसीपी निर्माण भई संचालनमा आइसकेको छ । आइसीपी संचालनमा आएपछि दुवै देशको आयात निर्यातमा सहजता आउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:१९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook